शुक्रबार, वैशाख ७, २०८१

संसद भवनमा कार्यरत ३ जना कर्मचारीमा कोरोना पुष्टि

मेरोन्यूज २०७८ साउन २ गते १७:४३

काठमाडौँ । दोस्रोपटक पुनस्र्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्ने भएको छ । बैठकको बस्ने तयारी हुँदै गर्दा सांसद, संसद भवनमा कार्यरत कर्मचारी, मर्यादापालक, पत्रकारहरूको कोरोना भाइरस (कोभिड १९) परीक्षण गरिएको छ ।

शुक्रबार र शनिबार सम्पन्न भएको कोरोना परीक्षणमा ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । ८ सय एक जनामा गरिएको कोरोना परीक्षणमध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो ।

एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको कर्मचारीलाई पिसिआर परीक्षण गर्न पठाइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै पुनस्र्थापना भएपछि भोलि आइतबार ४ बजेदेखि बैठक सुरु हुने भएको हो ।

प्रतिक्रिया