शुक्रबार, चैत १६, २०८०

कोरोनाबाट थप २१ जनाको मृत्यु, करिब १९ सय संक्रमित थपिए

मेरोन्यूज २०७८ साउन २ गते १६:५१

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १८७५ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१६४ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै, देशभर कोरोनाबाट सोही अवधिमा २१ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ९ हजार ५२७ पुगेको छ ।

थप भएको कोरोना संक्रमितसहित कूल ७ लाखभन्दा बढीमा कोरोना पुष्टि भएको छ । सोही अवधिमा संक्रमितमध्ये ६ लाख ३० हजार ४०७ जना निको भएका छन् ।

प्रतिक्रिया