बिहीबार, जेठ ३, २०८१

एनआरएन अष्ट्रेलियाकाे राष्ट्रिय युवा उप-संयोजकमा वरूवालकाे उम्मेद्वारी

मेरोन्यूज २०७८ साउन १ गते २१:५३

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)काे राष्ट्रिय युवा उपसंयाेजकमा बद्रीकुमार वरूवालले उम्मेद्वारी दिने भएका छन् । उनले एनआरएनएमा युवा विद्यार्थी र महिला सशक्तिकरणका अभियान साथै यहाँ हुर्कदै गरेको दोस्रो पुस्तालाई समेट्दै कार्ययोजना ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Advertisement

उनले एनआरएनए अष्ट्रेलियाको निर्वाचनको पूर्वसन्ध्यामा र परिवर्तित अवस्थामा सम्पूर्ण सदस्यको भावना र अग्रजहरूको सुझाव र संस्थाको हितकालागि सहमति र सहकार्यबाट केहि समय अघि एनआरएनए न्यू साउथ वेल्सको युवा संयोजककाे पदमा दावी गर्दै आएका थिए ।

परिवर्तित समयमा अस्ट्रेलियामा नेपाली युवा विद्यार्थीको मुद्दा हरुलाई अझ सशक्तरुपमा र एकता कायम राख्न आफूले राष्ट्रिय युवा उप-संयोजक पदमा उमेद्वारी दिने निर्णयमा पुगेको उनले बताएका छन् । यही जुलाई ३१ तारिख शनिवार नेतृत्वका लागि मतदान हुँदैछ ।

प्रतिक्रिया