बिहीबार, वैशाख ६, २०८१

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुँदै

मेरोन्यूज २०७८ साउन १ गते २१:२४

काठमाडाैं । निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने भएको छ । आयोगको आजको बैठकले साउन ३ गते देखि सबै निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभा जेठ ८ गते विघटन भई निर्वाचनको मिति घोषणा भएका कारण स्थगन गरिएकामा सर्वोच्च अदालतको आदेशमा पुुनः स्थापनासँगै मतादाता नमावली सङ्कलन तथा अद्यावधिक चालु गरिने भएको हो ।

प्रतिक्रिया