मंगलबार, वैशाख ११, २०८१

माओवादी प्रदेश २ सरकारमा सहभागी हुने, भाेलि मन्त्रीकाे शपथ

मेरोन्यूज २०७८ साउन १ गते २०:१०

काठमाडाैं । मन्त्रालय भागबण्डामा चित्त नबुझेपछि सरकारमा सहभागी हुनबाट पछि हटेकाे नेकपा (माओवादी केन्द्र) अन्ततः प्रदेश २ सरकारमा सहभागी हुने भएकाे छ । दुई मन्त्रालयकाे दाबी गर्दै आएकाे माओवादी एक मन्त्री र एक राज्यमन्त्री पाएपछि सरकारमा जान लागेकाे हाे ।

माओवादीबाट दलका नेता भरत साह मन्त्री बन्ने पक्क भएकाे छ । यस्तै रूवी कर्ण राज्यमन्त्री बन्नेछिन् । मन्त्रीहरूकाे भाेलि अपराह्न शपथ ग्रहण कार्यक्रम राखिएकाे छ । प्रदेश सरकारकाे नेतृत्व गरेकाे जनता समाजवादी पार्टी नेपालमा विवाद भएपछि मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षलाई सरकारबाट हटाएर कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराएका थिए ।

प्रतिक्रिया