शनिबार, वैशाख ८, २०८१

प्रचण्ड र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता

मेरोन्यूज २०७८ साउन १ गते १८:३१

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

शुक्रबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा होउ यान्छी पुगेर भेटवार्ता गरेकी हुन । उक्त भेटवार्तामा उनीहरुबीच नयाँ गठबन्धन सरकारको विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा प्रचण्डले राजदूत यान्छीमार्फत चीनलाई थप खोप सहयोग गर्न आग्रह गरेका छन् ।

आजै यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेकी थिइन् । भेटका क्रममा उनले नेपाललाई थप १६ लाख कोभिड खोप उपलव्ध गराउने प्रतिबद्धता जनाएकी छन् ।

प्रतिक्रिया