शुक्रबार, वैशाख ७, २०८१

चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने

मेरोन्यूज २०७८ साउन १ गते १६:११

काठमाडौं । नेपाललाई चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् ।

प्रतिक्रिया