शनिबार, वैशाख ८, २०८१

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु

मेरोन्यूज २०७८ साउन १ गते १४:०९


काठमाडौं । कांग्रेस पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री निवास बालुवाटरमा बैठक सुरु भएको हो । केही समयअघि बैठकमा सुरु भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार निर्वाचन निर्देशिकाका विषयमा छलफल गर्न सभापति देउवाले बैठक बोलाएका हुन् ।

बिहिबारको लागि बोलाएको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताको कारण शुक्रबार लागि सारिएको थियो । कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्दैछ ।

प्रतिक्रिया