बिहीबार, वैशाख १३, २०८१

ओलीले बैठक नरोक्ने अडान, एमाले एकता थप जटिल

मेरोन्यूज २०७८ साउन १ गते १३:२२

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल पक्षको आग्रह अस्वीरका गरेका छन् । नेपाल पक्षले स्थायी समिति बैठक रोकेर पार्टी जोगाउन आग्रह गरेको हो ।

केही दिन बैठक रोकेर पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाललगायतका नेताहरू ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए ।

बैठकस्थल पुगेर रावलसहित नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न ओलीलाई आग्रह गरेका थिए । ओलीले बैठक नरोक्ने अडान दोहोर्‍याउँदै बैठक जारी राख्ने बताएका थिए । बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको बताए ।

‘अध्यक्षले बैठक आव्हान गरेपछि हामी बैठक रोक्न प्रस्ताव राख्यौ’, रावलले भने । ओलीको अभिव्यक्ति र व्यवहारले एमाले पार्टी एकता जटिल बन्दै गएको रावलले बताए ।

प्रतिक्रिया