बुधबार, वैशाख १२, २०८१

‘बालिका वधु’की दादी सा’को निधन

मेरोन्यूज २०७८ साउन १ गते १२:३८

काठमाडौँ । भारतीय टेलिभिजनकी दिग्गज अभिनेत्री ७५ वर्षीय सुरेखा सिकरीको निधन भएको छ । उनकी स्वकीय सचिवले उनको निधनको पुष्टि गरेका हुन् ।

कार्डियक अरेष्ट भएको उनलाई गत वर्ष पनि ब्रेन स्ट्रोक भएको थियो । यसपछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो ।

नयाँदिल्लीमा जन्मिएकी सुरेखाले उत्तर प्रदेशको अल्मोडा र उत्तराखण्डको नैनीतालमा आफ्नो जीवन बिताएकी थिइन् । उनले अलीगढ मुस्लिम युनिभर्सिटीबाट आफ्नो पढाई पूरा गरिन् र नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकेकी थिइन् ।

उनले सन् १९७८ मा फिल्म ‘किस्सा कुर्सीका’बाट अभिनय सुरु गरेकी थिइन् । यसपछि उनले कैयौं फिल्म र टेलिफिल्ममा अभिनय गरिन् ।

सुरेखाले चर्चित सिरियल ‘बालिका वधु’मा ‘दादी’को भूमिका निभाएकी थिइन् । यो भूमिका यति चर्चित भयो कि उनलाई जोकोहीले ‘दादी सा’ नामले बोलाउन थाले । अहिले उनलाई यही नामले बोलाउने गर्छन् ।

फिल्मको कुरा गर्दा उनले ‘तमास’, ‘हरी–भरी’, ‘जुबैदा’, ‘नजर’, ‘मामो’, ‘सरदारी बेगम’, ‘सरफरोश’, ‘बधाई हो’ मा अभिनय गरेकी छन् । उनले ‘तमास’, ‘मामो’ र ‘बधाई’का लागि नेशनल अवार्ड जितेकी छन् ।एजेन्सी

प्रतिक्रिया