शनिबार, वैशाख ८, २०८१

निर्वाचन निर्देशिकामाथि छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

मेरोन्यूज २०७८ साउन १ गते ९:१६

काठमाडौं । पार्टीको आसन्न १४ औं महाधिवेशनको विषयमा थप छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

ललितिपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा निर्वाचन नर्देशिकाका विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले हिजको लागि बोलाएको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको कार्यव्यस्तताको कारण आजका लागि सारेको हो । कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्दैछ ।

वडा तहको अधिवेशन भने यही साउन १२ गते सुरु हुँदै छ ।

प्रतिक्रिया