शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री देउवा सरकारी निवास सर्दै, उत्तम साइत ९ः५७ बजे

मेरोन्यूज २०७८ साउन १ गते ९:०१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । प्रधानमन्त्री देउवा बुढानिलकण्ठस्थित निजी निवासबाट बिहान ९ः५७ बजे बालुवाटारस्थित सरकारी निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् ।

देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेर बालकोटस्थित निजी निवासमा सरेका थिए ।

प्रतिक्रिया