शुक्रबार, चैत १६, २०८०

नेपाली राष्ट्रिय महिला फुटबलर सावित्राको घुँडाको सफल शल्यक्रिया

मेरोन्यूज २०७८ असार ३१ गते २१:५३

काठमाडाैं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया गरिएको छ । कतारको दोहास्थित अप्सेटर अस्पतालमा आज उहाँको घुँडाको शल्यक्रिया गरिएको हो ।

भण्डारीको उपचारमा कतार फुटबल सङ्घले सहयोग गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । गत वर्ष महिला राष्ट्रिय लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा उनलाई चोट लागेको थियो ।

दश दिनको क्वारेन्टिनपछि उनी यसैसाता उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आबद्ध छिन् ।

सो लिगमा उनले १० खेलमा ४३ गोल गरेकी थिइन् । यसअघि एन्फाको पहलमा राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी विक्रम लामा र विमल घर्तीमगरको पनि कतारमै उपचार गरिएको थियो ।

Advertisement

प्रतिक्रिया