शनिबार, वैशाख १५, २०८१

महान्याधिवक्तामा खम्मबहादुर खाती नियुक्त

मेरोन्यूज २०७८ असार ३१ गते १९:३८

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्याधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकाे सिफारिशमा उनले खातीलाई महान्याधिवक्तामा नियुक्त गरेकी हुन् ।

उनलाई नेपालकाे संविधानकाे धारा १५७ (२) बमाेजिम नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ । खाती बाजुरा निवासी हुन् । महान्याधिवक्तालाई सरकारकाे प्रमुख कानूनी सल्लाहकार मानिन्छ ।

प्रतिक्रिया