शुक्रबार, वैशाख ७, २०८१

ट्राफिक कारबाहीमा परेका कागजपत्रको एसएमएसबाट जानकारी पाइने

मेरोन्यूज २०७८ असार ३१ गते १७:१६

काठमाडौं । के तपाई, ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रको बारेमा जानकारी लिन चाहानुहुन्छ ? त्यसो हो भने आजदेखि ट्राफिक प्रहरी महाशाखाले शुरुवात गरेको एसएमएसबाटै जानकारी दिने सेवाको प्रयोग गर्नुहोस् ।

विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरे पश्चात नियन्त्रणमा लिएका कागजपत्रहरुको बारेमा जानकारी लिनको लागि जानकी टेक्नोलोजीले तयार पारेको म्यअगmभलत त्चबअपष्लन क्थकतझ (म्त्क् मोबाइल एसएमएस मार्फत जानकारी लिन सकिने सेवा आजदेखि शुरु गरेको हो ।

ट्राफिक महाशाखाले दिदै आएको सेवालाई थप प्रभावकारी, सहज एवं सरल बनाई आम सेवाग्राहीको सुविधालाई ध्यानमा राखी प्रबिधीको प्रयोग मार्फत अबदेखी ट्राफिक कारवाहीमा परेर सवारीको कागजपत्रहरू लिन कहाँ जाने? कसरी लिने? भन्ने दुविधाबाट मुक्त हुने ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

उनले यी सबै जानकारी लिन सेवाग्राहीले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर अंग्रेजीमा भ्अजबबिल स्पेस आर्थिक वर्ष स्पेस ऋजष्त ल्गmदभच टाईप गरी ३४००१ मा म्यासेज पठाएर तुरुन्त जानकारी प्राप्त गर्न सकिने गरी व्यवस्था मिलाएको समेत जानकारी दिए ।

डकुमेन्ट ट्र्याकिङ्ग सिस्टमले मोवाईल एसएमएस मार्फत तुरून्त पुस म्यासेज सेवाग्राहीलाई पठाउने गर्दछ, सोही अनुसार आफ्नो कागजपत्र भएको कार्यालयको जानकारी सजिलै उपलब्ध हुनेछ । कतिपय अवस्थामा ट्राफिक प्रहरीको हटलाईन १०३ व्यस्त हुने हुनाले समेत समस्या हुने गरेको थियो, तर आजदेखी भने एसएमएस सिस्टमले सहज हुने हाम्रो विश्वास रहेको जानकारी दिए ।

उपत्यकाको ४५ वटा ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघनकर्ताको कागजपत्र नियन्त्रणमा लिने गरेतापनि १७ ट्राफिक कार्यालयबाट मात्र नियमानुसार कागजपत्र लिन सकिने व्यबस्था भएका कारण कतिपय टाढाबाट आउने चालकहरुलाइ पर्ने गरेको असुविधालाई सहज बनाउन यो सेवा प्रभावकारी हुने विश्वास महाशाखाले लिएको छ ।

कार्यक्रममा बोल्दै जानकी टेक्नोलोजीका सहायक प्रबन्धक सनम दिप शाक्यले ट्राफिक प्रहरीले प्रबिधीको बिस्तार गरि सेवाग्राहीलाई दिने सुविधा क्रमश बढाउदै लगेको र यस एसएमएस सेवाले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने विश्वास गरेको जानकारी दिए ।

प्रतिक्रिया