शुक्रबार, वैशाख १४, २०८१

मेस्सी र बार्सिलोनाबीच पाँच वर्षको नयाँ सम्झौता हुँदै

आयुश राठौर २०७८ असार ३१ गते १७:०७

काठमाडौं । अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सी बार्सिलोनासँग नयाँ सम्झौताका लागि सहमत भएका छन ।

नयाँ सम्झौताका लागि मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति भईसकेको बताईएको छ । इएसपीएनका अनुसार पाँच वर्षको सम्झौता भएको हो ।

३४ बर्षे मेस्सीले बार्सिलोनासँग हाल पाउँदै आएको तलवमा ५० प्रतिशत कटौती गरेर नयाँ सम्झौताका लागि राजि भएका हुन ।

क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । मेस्सी जुन ३० बाट फ्री एजेन्ट बनेका थिए ।

मेस्सी क्लबसँगको सम्झौता नवीकरण नगरी कोपा अमेरिका खेल्न अर्जेन्टिना गएका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले कोपा समेत जितिसकेका छन् ।

उनलाई क्लवमा भित्र्याउने होडमा रहेको अर्को क्लव पेरीस सेन्ट जर्मेनले आफु होडबाट बाहिरीएको भनेको २४ घण्टामा नै मेस्सी र बार्सिलोना नयाँ सम्झौताको सहमतिमा पुगेका हुन ।

बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबलाई राख्न निकै प्रयत्न गरिरहेका थिए । उनको चुनावी नारा नै मेस्सीलाई क्लबमा राख्ने रहेको थियो ।

मेस्सीले बार्सिलोनाबाट यसअघि बार्षिक ५०० मिलियन युरो भन्दा बढि तलव पाउने गरेका थिए । तर त्यो सम्झौता जुन अन्तिममा सकिएको छ ।

बार्सिलोनामा नै आफ्नो करियर बिताएका मेस्सीको नयाँ सम्झौता पाँच वर्षको भएको खण्डमा उनी यहि क्लवबाट आफ्नो करियरलाई विदाई गर्ने पक्का भएको छ ।

३४ वर्षीय मेस्सीले २००४ मा सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् । एजेन्सी

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया