बिहीबार, वैशाख १३, २०८१

एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

मेरोन्यूज २०७८ असार ३१ गते १५:१४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । एमाले केन्द्रिय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङकका अनुसार ओलीले शुक्रबार तीन बजे संसदीय दलको बैठक बोलाएका हुन् ।

वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई पनि सूचना पठाइएको जनाइएको छ । एमालेका अनुसार संसद बैठक बस्नु अघिको नियमित बैठकका लागि संसदीय दलको बैठक बोलाइएको हो ।

एमालेका २३ जना सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन् । सर्वोच्च अदालतले साउन ३ गतेभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सम्भावना छ।

प्रतिक्रिया