शनिबार, वैशाख ८, २०८१

अष्ट्रेलियाका नयाँ राजदूतले भेटिन् प्रचण्ड

मेरोन्यूज २०७८ असार ३१ गते १४:०३

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका नवनियुक्त राजदुतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेका छन् । अष्ट्रेलियाली नवनियुक्त राजदूत फेलोसिटी वोल्कले बिहान प्रचण्ड निवास खुमलटार नै पुगेर प्रचण्डसाग भेटवार्ता गरेकी हुन् ।
यो उनको शिष्टाचार भेटवार्ता हो ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले नवनियुक्त राजदूत वोल्कलाई नेपालमा स्वागत गरेका थिए । अष्ट्रेलियासँग नेपालको सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गदै प्रचण्डले नेपालका लागि पुर्‍याउँदै आएको सहयोग र सद्भावप्रति अष्ट्रेलिया र त्यहाँका जनतामा कृतज्ञता प्रकट गरेको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

राजदूत व‍ोल्कको कार्यकालको सफलताको शुभकामना पनि प्रचण्डले दिएका थिए ।

उक्त भेटवार्तामा राजदूत वोल्कले नेपाल र नेपालीलाई अष्ट्रेलियाली जनताले प्यारो मान्ने वताएकी थिइन् । उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोगको अपेक्षा पनि गरेकी थिइन् ।

प्रतिक्रिया