शनिबार, जेठ ५, २०८१

संघिय सांसदको कोरोना परिक्षण हुने

मेरोन्यूज २०७८ असार ३१ गते १३:५२

काठमाडौं । संघिय संसद सचिवालयले प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष लगाएत सवै सांसदको कारोना भाइरस कोभिड-१९ परिक्षण गर्ने भएको छ । प्रतिनिधि सभाको बैठक बस्न लागेकाले कोरोना परिक्षण गर्न लागेको सचिवालयले जनाएको छ ।

Advertisement

आाज सूचना जारी गर्दै सचिवालयले प्रतिनिधि प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, संघिय संसद सचिवालयका महासचिव, सचिव र कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र संसदीय मामिलाका पत्रकारको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिने बताएको छ ।

सचिवालयका अनुसार अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा शुक्रबार विहान ११ बजेदेखि दिउसो ४ बजेसम्म परिक्षण हुने छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनस्थापना गर्दै साउन ३ गते बैठक बोलाउन आदेश दिएको थियो ।

प्रतिक्रिया