शुक्रबार, वैशाख १४, २०८१

आजको राशिफल : आषाढ ३१ गते बिहीबार

मेरोन्यूज २०७८ असार ३१ गते ६:२३


काठमाडौं । आज २०७८ साल आषाढ महिनाको ३१ गते बिहीबार, आषाढ शुक्लपक्षको पञ्चमी तिथि, उप्रान्त षष्ठी तिथि रहेको छ ।अब लागौं आजको राशिफलतर्फ ।

मेष
बाठो खालको स्वाभावमा बृद्धि हुने भएकाले आफुलाई फाइदा हुने विषयमा निर्णय लिन सक्ने हुने छ । आम्दानीमा बढोत्तरी हुने छ । पेशागत क्षेत्र स्थिर रहने छ । तर बोलीमा देखा पर्ने रुखोपनाले परिस्थितिलाई बिगार्न भुमिका खेल्ने भएकाले संयमित रहनु होला ।

वृष
सेवा क्षेत्र तथा व्यावसायिक क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । आम्दानीमा बृद्धि हुन पुग्ने छ । तर साझेदारीमा गरिएका कामहरुमा भने असमझदारीका क्रमहरु देखा पर्न जाने छ । रिस नियन्त्रण गर्ने प्रयास गर्नु होला । सुख, सुविधा, भोग विलास प्राप्तिका लागि अग्रसता बृद्धि हुन पुग्ने छ ।

मिथुन
नोकरी तथा व्यावसायमा संलग्नहरुलाई समय अनुकुल रहेको देखिन्छ । बाणिको प्रभाव बढ्ने छ । स्थिरता प्राप्त हुने छ भने आम्दानीमा पनि बढोत्तरी हुन पुग्ने छ । परिवारका सदस्यहरु बीच भने द्वन्द चर्किन पुग्ने छ । चतुर र आत्माबलले भरिएको उर्जा प्राप्त हुने छ ।

कर्कट
शरीर कमजोर हुने छ । कमजोर भाग्य रहेकाले यस बेला धेरै जोखिमपूर्ण कदमहरु नचाल्नु नै वेश देखिन्छ । मनोबलमा गिरावट देखा पर्ने छ । संयमित र धैर्य भएर कदम चाल्नु पर्ने देखिन्छ । पेशागत जीवन र व्यावसायिक जीवनमा अवरोध तथा चुनौतिहरुको सामना गर्नु पर्ने छ ।

सिंह
धेरै उत्साही र धेरै नैराश्य बनि अघि बढ्ने भन्दा औसत गतिमा अघि बढ्दा उपयुक्त हुनेछ । पेशागत क्षेत्रमा अस्थिरता देखा पर्ने छ । धैर्य भएर नआत्तिकन अघि बढ्नु पर्ने समय सक्रिय रहेको छ । उचारचढावको सामना गर्नु भएको भएकाले धेरै जोखिपूर्ण कदममा नचाल्नु वेश हुने छ । घर, घडेरी तथा गाडि बेच्नु पर्ने वा झमेला आइ पर्ने छ ।

कन्या
भाग्यको साथका कारण पेशागत जीवन स्थिर र उन्नतिदायी हुन पुग्ने छ । आम्दानीमा पनि बृद्धि हुँदा मनमा सन्तोष मिल्ने छ । पेशाप्रतिको समर्पण र सक्रियतामा बृद्धि हुन पुग्ने छ । बोली प्रभावकारी बन्ने हुँदा अरु व्यक्तिहरुले विश्वास गर्ने छन् । तर मनमा दुविधाका मात्रा भने धेरै देखा पर्ने छ ।

तुला
पेशागत र व्यावसायिक क्षेत्रबाट आम्दानीमा केही बृद्धि हुने भएता पनि पेशागत क्षेत्रमा अस्थिरका क्रम देखा पर्ने छन् । शारीरिक र मानसिक थकानले पेल्ने छ । समय धेरै जोखिमपूर्ण कदमहरु चाल्नु भन्दा प्राप्त उपलब्धि र वातावरणलाई परिचालन गरि अघि बढ्न खोज्नु उपयुक्त हुने छ ।

वृश्चिक
भाग्यको साथका कारण पेशागत क्षेत्रमा शुभता बृद्धि हुन खोज्ने छ तर उक्त गति धेरै भने हुने छैन् । बोणीको प्रभाव घट्न पुग्ने छ । जसले गर्दा पुरा हुन हुन खोजेका कामहरु पनि अवरुद्ध हुन पुग्ने छन् । स–सानो विषयलाई पनि धेरै संवेदनशिल ढंगबाट मनम लिने स्वाभाव देखा पर्ने हुँदा छिट्टो निराशाका भावहरु मनमा देखा पर्न जाने छ ।

धनु
जीवनसाथिको सल्लाहमा काम गरेमा शुभ हुने छ । साझेदारीमा गरिएका कामहरुबाट भने प्रतिफल प्राप्त हुने छ । शारीरिक कमजोरीले सताउने छ । जसका कारण मनोबलमा गिरावट देखा पर्ने छ । पेशागत क्षेत्रमा धेरै जोखिमपूर्ण कदमहरु चाल्नु भन्दा हाल उपलब्ध अवस्थालाई निरन्तरता दिँदा उपयुक्त हुने देखिन्छ ।

मकर
झै–झगडामा संलग्न गराउने वा हुने समय रहेकाले यस विषयमा संयमित रही पाइला चाल्नु होला । रिस नियन्त्रणमा प्रयास गर्नु होला । पेशागत जीवनमा स्थिरता प्राप्त हुने छ । तर मनमा निराशाका भावका मात्रा बढ्न पुग्ने हुँदा दुविधाका मात्रा पनि बढ्न पुग्ने छन् ।

कुम्भ
आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिले पनि मद्धत पुग्ने छ । तर प्रतिष्पर्धात्मक क्षमतामा भने कमि आउने छ । बौद्धिक व्यक्तित्वको प्रभावमा बृद्धि हुने छ । पेशागत र व्यावसायिक जीवनमा धेरै जोखिमपूर्ण कदमहरु नचाल्दा उपयुक्त हुने देखिन्छ । उपलब्ध अवस्थालाई राम्रोसँग निभाउने प्रयास गर्नु होला ।

मीन
कमाईमा बृद्धि हुने छ । बोलीको प्रभावकारीतामा बृद्धि हुने हुँदा कार्य सफलतामा पनि बृद्धि हुने छ । पेशागत क्षेत्रमा चुनौतिहरु ज्यादा देखिने समय रहेकाले संमिति रहनु होला । औसत प्रकृतिको कदमहरु चाल्नु यस बेला कम जोखिमपूर्ण रहने छ । मनमा दुविधाका मात्रा बढ्ने जाने छन् ।

प्रतिक्रिया