बिहीबार, वैशाख १३, २०८१

अर्थमन्त्री शर्माद्वारा स्वास्थ्यकर्मीकाे जाेखिम भत्ताबापत ६५ कराेड १४ लाख स्वीकृत

मेरोन्यूज २०७८ असार ३० गते १९:०६

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले काेराेना महामारीका बेला ज्यान जाेखिममा माेलेर कार्य क्षेत्रमा खटिने स्वास्थ्यकर्मीका लागि जाेखिम भत्ताबापत पाउनुपर्ने रकम विनियाेजन गरेका छन् ।

अर्थमन्त्रीका रूपमा पदवहाली गरेलगत्तै उनले स्वास्थ्यकर्मीको जोखिम भताको लागि ६५ करोड १४ लाख बजेट स्वीकृत गरेका हुन् । मंगलबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले काेराेना महामारीकाे समयमा फ्रन्टलाइनमा खटिएका व्यक्तिले पाउनुपर्ने जाेखिम भत्ता दिने काम एक साताभित्र शुरू गर्ने निर्णय गरेकाे थियाे ।

जाेखिमकाे समयका काम गरेकाे भत्ता नपाएकाे भन्दै स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीलगायतले गुनासाे गर्दै आएका थिए । अर्थमन्त्री आजै काेराेनाविरूद्धकाे खाेप खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई रू ५ अर्बकाे सहमति दिएका थिए । यस्तै काेराेना महामारी नियन्त्रण तथा राेकथामका लागि स्वास्थ्य उपकर खरिद गर्नका लागि पनि उनले स्राेतकाे सुनिश्चिता गरेका थिए ।

प्रतिक्रिया