बिहीबार, वैशाख ६, २०८१

१६९ केजी गाँजासहित दुई भारतीय नागरिक पक्राउ

मेरोन्यूज २०७८ असार ३० गते १८:५४

वाग्मती । प्रहरीले १६९ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेस्थित चेकपोष्ट नजिक प्रहरीले आज बिहान चेकजाँच गर्दा बिआर–१ जिजी ९४९५ नम्बरको भारतीय गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका अनुसार गाँजासहित पक्राउ परेका दुईजना भारतीय नागरिक तथा गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको छ । पक्राउ पर्नेमा उक्त गाडीका चालक भारत मोतीहारीका ३० वर्षीय रवीन्द्र राय र सहचालक सोही ठाउँका ३१ वर्षीय मुक्तार सैफिक रहेका छन् ।

प्रतिक्रिया