शनिबार, वैशाख ८, २०८१

आयोगले गर्‍यो मध्यावधि निर्वाचन कार्य तालिका रद्द

मेरोन्यूज २०७८ असार ३० गते १७:१४

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचन गर्न सार्वजनिक गरेको कार्य तालिका रद्द गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका रद्द गरेको हो ।

गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा गरेकी थिइन् । सोहीअनुसार आयोगले निर्वाचनका लागि कार्य तालिका सार्वजनिक गरेको थियो ।

आयोगले गत असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया