शुक्रबार, वैशाख १४, २०८१

गण्डकी प्रदेश सांसदले फाले कुर्सी, होहल्लाका बीच बजेट पारित

मेरोन्यूज २०७८ असार ३० गते १६:५१

काठमाडौँ । एमाले सांसदहरुको विरोधका वावजुद गण्डकी प्रदेश सभाले प्रदेश सरकारले ल्याएको वजेट पारित गरेको छ । विवादका वीच बुधबार गण्डकी प्रदेशसभामा बजेट पारित भएको हो। प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूहरूले अघि सारेका १० बुँदे माग पूरा नभए सदन चल्न नदिने अडान राख्दै लगातार प्रदेश सभा बैठक अवरुद्ध गदै आएका थिए ।

बुधबार पनि सदन अवरुद्ध गरेपछि प्रदेश सरकारले एमालेले राखेको माग पूरा हुन नसक्ने वताएपछि संसदमै टेवुल फालिएको छ ।

लगातार सदन अवरुद्ध भएपछि सरकारले जबर्जस्ती बजेट पारितको प्रस्ताव गर्न लाग्दै गर्दा एमाले सांसद तथा पूर्वमन्त्री रामशरण बस्नेतले संसद् भवनभित्रै टेबल उठाएर फालेका थिए । उनी पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । उनले सुरक्षाकर्मीसँग धकेलाधकेल समेत गरेका थिए ।
तर, सरकारले उनीहरूका माग अहिले पूरा गर्न नसकिने भन्दै बजेट पारितको प्रयास गरेका थिए । अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरी होहल्लाकै बीच पारित गरेका थिए ।

प्रतिक्रिया