शनिबार, जेठ ५, २०८१

को बन्ला स्वास्थ्य मन्त्री ?

मेरोन्यूज २०७८ असार ३० गते १६:३५

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) महामारीकै बीचमा देशमा सत्ता परिवर्तन भएको छ । मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्री बनेका छन् । उनले प्रधानमन्त्रीको सपथ लिएसँगै चार सदस्य सानो आकारको मन्त्री मण्डल गठन गरेका छन् ।

Advertisement

उक्त मन्त्री मण्डलमा स्वास्थ्यमन्त्री पाउने धेरैको अपेक्षा थियो । तर, त्यसो हुन सकेन । कोरोना महामारी बढ्दै गर्दा महत्वपूर्ण मन्त्रालयका रुपमा स्वास्थ्य मन्त्रालय पर्न पुगेको छ । यसैबीच कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाँड, संसदीय मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्र कार्की तथा नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जामन्त्रीमा पम्फा भुसाल नियुक्त भए ।

नयाँ सरकार गठनसँगै स्वास्थ्यमन्त्री को बन्लान् भन्ने चासो बढेको छ । स्वास्थ्य मन्त्रीको नाम टुंगो नलागे पनि पहिलो मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यसँग सम्बन्धी निर्णय गरेको छ । फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई एक साताभित्र भत्ता दिने, आगामी चैतभित्र सबै नेपालीलाई कोभिडविरुद्धको खोप दिने निर्णय भएको छ । तर, प्राथमिकतामा स्वास्थ्य मन्त्री परेनन् ।

को बन्लान् स्वास्थ्यमन्त्री ?

कोरोना नियन्त्रण तथा रोकथाममा प्रमुख भूमिका भएको मन्त्रालय हो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय । सबैको चासो स्वास्थ्यमन्त्री को बन्छन् भन्नेमा छ । स्वास्थ्य मन्त्रालय जनता समाजवादी पार्टी (जसपा) र कांग्रेस दुवैको चासो परेको छ ।

अघिल्लोपटक कांग्रेस सरकारमा ‘सफल’ स्वास्थ्य मन्त्रीका रुपमा ठहरिएका गगन थापा कोरोना महामारीविरुद्ध लड्नका लागि उपयुक्त पात्र हुने भन्ने पार्टीपंक्ति र आम सर्वसाधारणको बुझाई छ । उनी आफै स्वास्थ्यको जिम्मेवारी पाए राम्रोसँग निभाउने बताएका प्रधानमन्त्री देउवा निकट स्रोत बताउँछ । उनलाई कांग्रेस नेताहरूले पनि मन्त्री बनाउँनु पर्ने देउवालाई दबाब दिएका छन् ।

यता कांग्रेसभित्र महामन्त्रीसमेत रहेका डा. शंशाक कोइला उप प्रधानसहित स्वास्थ्य मन्त्री बन्ने चासो देखाएको स्रोत बताउँछ । उनी आफू स्वयम् डाक्टर भएकाले उनलाई उप प्रधानसहित स्वास्थ्यमन्त्री बनाउनुपर्ने कांग्रेसभित्र चर्चा छ ।

यसैगरी, उपेन्द्र यादव आफैले दाबी गरेका छन् भन्ने चर्चा चलेको छ । ओली सरकारको पालामा उपप्रधान तथा स्वास्थ्यको अनुभव लिइसकेका यादवले फेरि आफ्नो रोजाई स्वास्थ्य हो भनेपछि अड्किएको स्रोत बताउँछ ।

यादवलाई परराष्ट्र र स्वास्थ्यमा रूची देखाएका छन् । उनले इच्छा र रूची देखाए भने देउवाले नाई भन्न सक्दैनन् । त्यसैले स्वास्थ्य मन्त्री बनाउन रोकिएको एक नेताले बताए । तर, अझै दुई दिनसम्म स्वास्थ्य मन्त्रीको टुंगो लाग्न नसक्ने प्रधानमन्त्री देउवा निकट एक नेताले बताए ।

प्रतिक्रिया