शुक्रबार, चैत १६, २०८०

काम गर्न सरल छु : उर्जामन्त्री भूषाल

मेरोन्यूज २०७८ असार ३० गते १५:२४

काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले आफु काम गर्न सहज र सरल भएको वताएकी छिन् । सपथ ग्रहण पछि आज मन्त्रालयमा पदभार ग्रहण गदै मन्त्री भूषालले त्यस्तो बताएकी हुन् ।


उनले आफनो ब्यक्तिगत कुनै स्वार्थ नभएको र सवैले मिलेर परिणाममुखी काम गरेर देशलाई एउटा गतिमा अगाडी वढाउनु पर्ने भन्दै परिणाम निकाल्ने गरी काम गनुपर्ने बताएकी हुन् ।

‘ म काम गर्न सरल छु, मिलेर जनताको काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र हो,’ उनले भनिन् ।

जहिल्यै लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने काम राम्रो नभएको भन्दै मन्त्री भूषालले त्यसलाई सुधार गर्नुपर्ने बताइन् । उज्यालो देख्नै नपाएका र बिजुली बत्ती बाल्नै नपाएकाहरुसम्म बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्ने र सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने गरी काम गर्नुपर्नेमा उनले जोड दिएकी थिइन् ।

उनले मंगलवार मन्त्रीको सपथ लिएकी थिइन् । वुधबार विहान माओवादी केन्द्रीय कार्यालयमा पुगेर शहीद स्तम्भमा सहीदप्रति सम्मान अपैण गरेपछि मात्र उनी सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेकी थिइन् ।

Advertisement

प्रतिक्रिया