शनिबार, वैशाख ८, २०८१

युरो विजेतासँग कोपा विजेता भिड्दै

म्यारोडोनाको सम्झनामा युरोकप विजेता र कोपा अमेरिका विजेता मैत्रीपूर्ण खेल खेल्ने

आयुश राठौर २०७८ असार ३० गते १४:१९

काठमाडौँ । ‘म्यारोडोना सुपर कप’ नामक मैत्रीपूर्ण खेलमा युरोकप विजेता इटाली र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने भएको छ । अर्जेन्टिनाका लेजेण्ड खेलाडी डिएगो म्यारोडोनाको सम्झनामा दुई विजेता देशबीच मैत्रीपूर्ण खेल हुने भएको हो ।

यस खेलका लागि युरोपियन फुटबल महासंघ र दक्षिण अमेरिकी फुटबल महासंघबीच औपचारिक जानकारी केही दिनमा गरिने अर्जेन्टिनी मिडियामा जनाइएको छ । सो खेलको मिति र खेल स्थानसमेत सोही समयमा सार्वजनिक गरिने छ ।

इटालीले इंग्ल्याण्डलाई उसकै मैदानमा हराउँदै युरो २०२० को उपाधि जितेको थियो । वेम्बलीमा भएको फाइनलमा इटालीले इंग्ल्याण्डलाई टाइब्रेकरमा ३–२ ले पराजीत गरेको हो ।

यस्तै, कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले ब्राजिललाई १–० गोलले पराजीत गरेको थियो । उसले ब्राजिलको मैदानमा घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो। अर्जेन्टिनाले ब्राजिललाई १९० ले हराएको थियो । एजेन्सी

आयुश राठौर

मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

प्रतिक्रिया