शुक्रबार, वैशाख १४, २०८१

छोरी जन्मिएपछि आमासहित परिवारले गरे हत्या, ४ जना पक्राउ

मेरोन्यूज २०७८ असार ३० गते १३:०७

काठमाडौँ । बिराटनगरमा छोरी जन्मिएको भन्दै एक परिवारले नवजात शिशुको हत्या गरेको छ । प्रहरीका अनुसार छोरी जन्मिएकाले परिवारका सबै मिलेर हत्या गरेका हुन् ।

हत्यामा संलग्नको अभियोगमा आमासहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली नगरपालिका ५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्बु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् ।

खुस्बुले गत आइतबार छोरी जन्माएकी थिइन् । उनीहरूले घाँटी थिचेर नवजात शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या भएकी शिशुलाई खुस्बुले आफ्नो आमाबुवाले चलाएको मदिरा पसलभित्र खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

उनीहरू उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया