शनिबार, वैशाख १५, २०८१

बिपी प्रतिष्ठानको आन्दोलनलाई गोविन्द केसीको साथ

मेरोन्यूज २०७८ असार ३० गते १२:३६

काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका छन् । प्रतिष्ठानमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन उनी धरान पुगेका हुन् ।

केसी बुधबार बिहान धरान पुगेका हुन् । संघर्ष समितिले पत्रकार सम्मेलन आयोजना गरेकाले सहभागी भई केसी काठमाडौँ फर्किने भएका छन् र

बिपी प्रतिष्ठानमा संघर्ष समितिले एक महिनादेखि आन्दोलन गर्दै आएका छन् । उच्चस्तरीय छानबिन समिति गठन गर्नु पर्ने, प्रतिष्ठानका चारै पदाधिकारीलाई पदबाट हटाउनु पर्ने लगायत माग गरी उनीहरू संघर्षमा रहेका हुन् ।

प्रतिक्रिया