शुक्रबार, चैत १६, २०८०

माधव नेपालसँग बामदेव गौतम र नारायणकाजीले गरे भेट वार्ता

मेरोन्यूज २०७८ असार ३० गते १२:१०

काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपालसँग भेट गर्न उपाध्यक्ष वामदेव गौतम र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पुगेका छन् ।

बुधबार बिहान गौतम र श्रेष्ठ नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् । श्रेष्ठ कोटेश्वर पुगेको केही समयपछि गौतम पुगेका थिए । नेपालसँग दुवै जनाले छुट्टाछुट्टै भेट गरेका हुन् ।

नेपालले गौतमसँग समसामयिक राजनीतिकका बारेमा र पार्टीभित्रका विवाद समाधान गर्ने सम्बन्ध कुराकानी गरेका थिए ।

यसअघि गौतमले नेता नेपालले एमाले पार्टी फुटाए सहयोग गर्ने बताउँदै आएका थिए । पछिल्लो समय उनी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा सहभागी भई पार्टी एकतामा जोड दिने बताएका थिए ।

Advertisement

प्रतिक्रिया