बुधबार, वैशाख १२, २०८१

पाटेबाघको छाला बेच्न हिँड्ने दुई पक्राउ

मेरोन्यूज २०७८ असार ३० गते ११:५७

काठमाडौँ । कैलालीको गौरीगंगा नगरपालिका ७ मटकौनास्थित सिंहासन सामुदायिक वन क्षेत्रबाट पाटेबाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीकै मोहन्याल गाउँपालिका ५ सालघारीका ५५ वर्षीय पूर्णबहादुुर बुुढामगर र लम्कीचुुहा नगरपालिका १ का लोकेश सिजापति रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश अनुुसन्धान समूूह (आरआइटी)को टोलीले मंगलबार उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार प्लाष्टिकको सेतो कट्टामा बोकेर हिँडिरहेको अवस्थामा रोकेर जाँच गर्दा पाटेबाघको छाला फेला परेको हो ।

पक्राउ परेका उनीहरूलाई छालासहित प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

प्रतिक्रिया