शुक्रबार, चैत १६, २०८०

यस्तो छ कांग्रेसको पौडेल समूहबाट मन्त्री बन्नेको सूची, सुजाताले गर्ने छिन् नेतृत्व

मेरोन्यूज २०७८ असार ३० गते १०:२६

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सरकारमा सहभागी हुने ४ जनाको नाममा मोटामोटी सहमति गरेको छ ।

मन्त्रालयको टुङ्गो लाग्न बाँकी भए पनि रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने चार जनाको नाम टुङ्ग्याएको हो ।

स्रोतले भन्यो मोटामोटी रूपमा दिलेन्द्र प्रसाद बडु, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला र तेजुलाल चौधरी मन्त्री बन्ने भएका हुन् । तर, मन्त्री बन्नेमा अरू नेताहरूले समेत आकांक्षा देखाएर केही हेरफेर हुन सक्ने स्रोतले जनाएको छ ।

उनको पक्षबाट कोइरालाले उप प्रधानमन्त्रीसहित परराष्ट्र, डा. रिजालले सञ्चार मन्त्रालयमा दाबी गरेका छन् । तर, कोइरालाले दाबी गरेको मन्त्रालयमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपन्द्र यादवले समेत दाबी गरेका छन् ।

यद्यपि, पौडेल पक्षले चार मन्त्रालयमा दाबी गरे पनि देउवा पक्षले कृष्ण प्रसाद सिटाैला पक्षलाई समेत मिलाएर जानु पर्ने भएकाले ३ वटा मन्त्रालय दिने जनाइएको छ ।

Advertisement

सम्भवत आज साँझसम्म उनीहरूको मन्त्रालयसमेत आजै टुङ्गो लाग्ने स्रोतको भनाइ छ ।

प्रतिक्रिया