शुक्रबार, वैशाख १४, २०८१

ट्रकको ठक्करबाट २ जनाको मृत्यु, एक जना घाइते

मेरोन्यूज २०७८ असार ३० गते ६:५२

धादिङ । धादिङको थाक्रे गाउँपालिका ६ महादेवबेसीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

नौबीसेबाट गल्छीतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोटको विदुर नगरपालिका १३ का ३५ वर्षीय नारायण शिवभक्ती र उनका छोरा १० वर्षीय आर्यनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छोराको घटनास्थलमै र बाबुको उपचारका क्रममा काठमाडौंको ट्रमा सेन्टरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

यस्तै दुर्घटनामा घाईते मोटरसाइकल चालक धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका २० वर्षीय जीवन घर्तीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

महादेववेशीमा मोटरसाईकललाई ठक्कर दिएर भागेको ट्रक र चालकलाई प्रहरीले सिम्लेबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया