बिहीबार, वैशाख १३, २०८१

देउवा सरकारकाे पहिलाे निर्णय

२०७८ सालभित्र सबै नागरिकलाई काेराेनाविरूद्धकाे खाेप निःशुल्क

मेरोन्यूज २०७८ असार २९ गते २२:२७

काठमाडाैं । सरकारले २०७८ सालभित्र सबै नागरिकलाई काेराेनाविरूद्धकाे खाेप निःशुल्क लगाउने भएकाे छ । प्रधानमन्त्रीकाे पद तथा गाेपनियताकाे शपथपछि आज साँझ सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद्काे पहिलाे बैठकले सबै नागरिकलाई काेराेनाविरूद्धकाे खाेप निःशुल्क उपलब्ध गराउने निर्णय गरेकाे हाे ।

आगामी असाेज मसान्तसम्म एक तिहाइ जनसंख्या र आगामी चैत मसान्तसम्म खाेप लगाउन याेग्य सबैलाई खाेप सुनिश्चित गर्ने निर्णय गरेकाे हाे । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारले खाेप ल्याउन नसक्दा नेपालमा खाेप अभियान प्रभावित भएकाे छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको जोखिम भत्ता एक साताभित्रै उपलब्ध गराउने निर्णय भएकाे जानकारी दिए ।

प्रतिक्रिया