बिहीबार, वैशाख १३, २०८१

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण नगरे भत्ता नपाइने

मेरोन्यूज २०७८ असार २९ गते २२:१३

काठमाडाैं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीलाई आगामी कात्तिक मसान्तभित्र आफ्नाे सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न आग्रह गरेकाे छ ।

आगामी साउन १ देखि कात्तिक मसान्तसम्म आफ्नाे स्थायी ठेगाना रहेकाे वडामा स्वयं वा संरक्षक/माथवर उपस्थित भइ परिपयपत्र नवीकरण गर्न सकिने विभागले जनाएकाे छ ।

ताेकिएकाे समयमा परिचयपत्र नवीकरण नगराएमा सामाजिक सुरक्षा भत्ता प्रदान नहुने विभागकाे भनाइ छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला, अशक्त/अपांग, लाेपाेन्मुख जाति तथा बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएकाे छ । सरकारले आगामी साउनदेखि लागू हुने गरी सबै प्रकारकाे भत्ता बढाएकाे छ ।

सामाजिक सुरक्षा भत्ता के हो ? किन आवश्यक ?

प्रतिक्रिया