बुधबार, वैशाख १२, २०८१

पञ्चायत विरोधी अन्दोलनका क्रममा १२ महिना जेल परेका खाँण गृहमन्त्री नियुक्त

मेरोन्यूज २०७८ असार २९ गते २१:४३

काठमाडौं । देउवा सरकारका गृहमन्त्री बालकृष्ण खाँण नेपाली काँग्रेसका प्रभावशाली नेता हुन् । उनी यसअघि रक्षा, सिँचाइलगायत मन्त्री भएका थिए ।

उनको जन्म २०१७ सालमा स्याङ्जामा भएको हो । मन्त्री खाँणले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् । पटक पटक सरकारमा सहभागी हुँदै आएको उनी पार्टीभित्र नेपाल तरुण दल र नेविसंघको सभापति पनि भएका थिए ।

राजनीतिक आन्दोलनका क्रममा उनी पटकपटक जेल परेका थिए । पञ्चायत विरोधी अन्दोलनका क्रममा उनी २०४२ सालमा ९ महिना र २०४५ सालमा ३ महिना भद्रगोल जेलमा थुनामा परेका थिए ।

प्रतिक्रिया