शनिबार, वैशाख ८, २०८१

देउवाले बनाए ५ सदस्यीय मन्त्रिमण्डल

मेरोन्यूज २०७८ असार २९ गते २०:२८

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । नेपाली कांग्रेसबाट २ र नेकपा (माओवादी केन्द्र) बाट २ गरी ५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।

उनले गृह मन्त्रीमा बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्र कार्की, उर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रीमा पम्फा भुसाल र अर्थ मन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपतिबाट शपथ लिएका छन् ।

प्रतिक्रिया