बिहीबार, वैशाख १३, २०८१

देउवाले संविधानकाे धारा खाेजेपछि शपथमा ढिलाइ, राष्ट्रपति कार्यालयमा शीर्ष नेताबीच छलफल

मेरोन्यूज २०७८ असार २९ गते १९:२१

काठमाडाैं । प्रधानमन्त्रीकाे नियुक्तिमा प्रयाेग गरिएकाे भाषामा विवाद भएपछि नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाकाे शपथमा ढिलाइ भएकाे छ । राष्ट्रपति कार्यालयले संविधानकाे धारा उल्लेख नगरी सर्वाेच्च अदालतकाे फैसलाअनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएकाे भनेपछि देउवाले आपत्ति जनाएका छन् ।

राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ नलिने प्रधानमन्त्री देउवाको अडान छ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने उनले जिकिर गरेका छन् ।

शपथमा ढिलाइ भएपछि राष्ट्रपति कार्यालयमा भेला भएका शीर्ष नेता देउवासँगै छलफलमा जुटेका छन् । साँझ ६ बजे शपथ कार्यक्रम तय भएपनि ७ः३० बजेसम्म शपथ कार्यक्रम शुरू हुन सकेकाे छैन ।

प्रतिक्रिया