आइतबार, जेठ ६, २०८१

जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिने

मेरोन्यूज २०७८ असार २९ गते १४:४३

काठमाडौं । जापानले नेपाललाई करिब १६ लाख डोज कोरोना खोप दिने भएको छ । जापानी राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपाललाई १६ लाख डोज खोप दिने बताएको छ । यसअघि जापानले नेपाललगायत एसियाली मुलुकहरुलाई १ करोड १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो ।

Advertisement

जसमा नेपाललाई १६ लाख डोज खोप दिएको हो । जापानले एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप नेपाललाई दिन लागेको हो । यो खोप कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई पनि लगाउन मिल्छ ।

जापानी दूतावासका अनुसार खोप नेपाल एक महिनाभित्र आइपुग्ने छ । नेपालका लागि जापानी राजदूत युटाका किकुटाले खोप अनुदानमा दिने निर्णयले नेपाल र जापानको लामो समयदेखिको मैत्री सम्बन्ध झल्किएको बताएका छन् ।

प्रतिक्रिया