शनिबार, वैशाख ८, २०८१

जसपा कार्यकारिणी समितिको बैठक सुरु

मेरोन्यूज २०७८ असार २९ गते १४:१०

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र डा बाबुराम भट्टराई पक्षधर कार्यकारिणी समिति सदस्यहरु सहभागी भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया