शुक्रबार, वैशाख ७, २०८१

धमाधम देउवा निवास जाने सडकको खाल्डा टालिँदै

मेरोन्यूज २०७८ असार २९ गते १३:३७

काठमाडौँ । प्रधानमन्त्री हुने निश्चित भएसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ जाने सडक धमाधम मर्मत हुन थालेको छ । पानी परिरहेको अवस्थामा महाराजगञ्जदेखि बुढानीलकण्ठसम्मको सडकमा रहेका खाल्डाखुल्डी टाल्न थालिएको हो ।

पानी परेर हिलाम्मे भएको सडकमा सवारी साधन रोकेर खाल्डाखुल्डी टाल्न थालिएको हो । देउवा निवास महाराजगञ्जदेखि झण्डै चार किलो मिटरमाथि पर्दछ ।

विद्युत प्राधिकरण र खानेपानीका लागि खनिएको सडक देउवा प्रधानमन्त्री बन्ने भएपछि मर्मत थालिएको हो ।

प्रतिक्रिया