शुक्रबार, वैशाख १४, २०८१

मन्त्री बन्नेको नाम टुंगो लगाउन जसपाको बैठक बस्दै

मेरोन्यूज २०७८ असार २९ गते १२:५३

काठमाडौँ । सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र–बाबुराम पक्षको बैठक बस्ने भएको छ । बैठक दिउँसो एक बजे पार्टी कार्यालयमा बस्ने भएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादव मन्त्री बन्ने चर्चा हुँदै गर्दा बैठकले यसको टुंगो लगाउने भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपालाई समेत समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी हुँदा बैठक बस्न लागेको हो ।

यस्तै, जसपाले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबारे समेत छलफल गर्ने भएको छ ।

प्रतिक्रिया