शुक्रबार, चैत १६, २०८०

मन्त्रीको नाम टुंगो लगाउन कांग्रेस र माओवादी आन्तरिक छलफलमा

मेरोन्यूज २०७८ असार २९ गते १०:४३

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा मन्त्री छनौट गर्न कांग्रेस नेताहरू छलफलमा जुटेका छन् ।

मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारमा मन्त्रिमण्डल बनाउने तयारी छ । मन्त्री बन्नका लागि उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरूसँग देउवाले परामर्श गरेका छन् ।

आजै महामन्त्री डा. शशांक कोइराला, नेता डा. मिनेन्द्र रिजाललगायतका नेताहरू देउवासँग छलफल गर्न बुढानीलकण्ठ पुगेका थिए । देउवा निवासमा कांग्रेस नेताहरूको भीड बढेको छ ।

कांग्रेसका तर्फबाट पहिलोपटक दुई जना मन्त्री बन्ने भएका छन् । तर, नाम टुंगो लाग्न सकेको छैन ।

विपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रले पनि मन्त्री बनाउने नेताहरू टुंगो लगाउन बिहानैदेखि छलफलमा जुटेको छ ।

Advertisement

प्रतिक्रिया