आइतबार, जेठ ६, २०८१

नेपाल र अमेरिकाबीच लामो सहकार्य छ : अमेरिकी विदेशमन्त्री ब्लिकेन

मेरोन्यूज २०७८ असार २९ गते ९:३९

वासिङटन डिसी । अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले नेपाल र अमेरिकाबीच लामो सहकार्य रहेको बताएका छन् ।

Advertisement

अमेरिकाले नेपाललाई प्रदान गरेको कोरोनाभाइरसविरुद्धको खोप नेपाल पुगेपछि उनले यस्तो धारणा सार्वजनिक सार्वजनिक गरेका हुन् ।

विदेशमन्त्री ब्लिकेनले आधिकारिक सामाजिक सञ्जालमा लेखेका छन्, “आज अमेरिकाले जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । हामीबीच रहँदै आएको लामो सहकार्य अहिले खोप आदानप्रदानमा मुखरित भएको छ । यसले नेपाली जनतालाई महाविपत्तिका बेला थप सुरक्षित राख्न मद्दत गर्नेछ ।”

यसैबीच, अमेरिकास्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी सहयोगका लागि अमेरिकी सरकार र जनतालाई हार्दिक आभार व्यक्त गरेको छ । अमेरिका र नेपालबीच ७३ वर्ष लामो दौत्यसम्बन्ध कायम छ ।

कोरोनाभाइरसविरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एन्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । रासस

प्रतिक्रिया