शुक्रबार, चैत १६, २०८०

आजदेखि कोरोनाविरुद्धको भेरोसेल र जन्सेन खोप दिइने, क–कसले पाउँछन् ?

मेरोन्यूज २०७८ असार २९ गते ६:४४

काठमाडौं । सरकारले आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल र अमेरिकाले दिएको जोन्सन एन्ड जोन्सन (जन्सेन) खोप दिन सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोनसन एण्ड जोनसन ५० देखि ५४ वर्ष उमेरसमुहका लागि पहिलो मात्रा लगाउन लागिएको जनाएको छ। यस्तै, ‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीहरूलाई उक्त खोप दिइनेछ ।

यस्तै भेरोसेल खोप ५५ वर्षमाथिका खोप लगाउन छुटेका नागरिक, विश्वविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरूलाई दिइने मन्त्रालयले जनाएको छ । त्यस्तै सार्वजनिक यातायातका चालक, सहचालक, तथा खोप अनिवार्य गरेका मुलुकमा जान लागेका नागरिक र नेपाल सरकारले तोकका अतयावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकलाई पनि भोलिदेखि नै खोप दिइने छ ।

उनीहरूलाई उमेर खुल्ने परिचयपत्र, सम्बन्धित संघ संस्था, विदेश जान लागेकालाई पासपोर्ट तथा भिसाका आधारमा खोप दिइने विभागले जनाएको छ ।

प्रतिक्रिया