आइतबार, जेठ ६, २०८१

आजको राशिफलः आषाढ २९ गते मंगलबार

ज्यो. दिवाकर पन्त २०७८ असार २९ गते ६:२५

काठमाडौं । आज २०७८ साल आषाढ महिनाको २९ गते मंगलबार, आषाढ शुक्लपक्षको तृतीया तिथि । आज भानु जयन्ती रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।

Advertisement

मेष
आन्तरिक बुद्धि चलायमान हुँदा चतुर व्यक्तित्व हुने छ । बोलीमा भने धेरै उग्रता देखा पर्ने भएकाले निकै संयमितता अपनाउनु होला । शारीरिक कमजोरीले सताउने हुँदा मनोबलमा ह्रास ल्याउने छ । पेशागत जीवन भने स्थिर रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । पारीवारिक जीवनमा लफडा देखा पर्ने छ ।

वृष
यात्रारत हुनु पर्ने छ । सुख सुविधा प्राप्तिका तिब्र रुपमा अग्रसर हुन मन लाग्ने छ । रिसको मात्रा धेरै देखा पर्ने भएकाले रिस नियन्त्रणमा संयमित प्रयास गर्नु उपयुक्त हुने छ । पेशागत जीवनबाट फाइदा मिल्ने छ । व्यावसाय जगतमा रहेकाहरुमा पनि फाइदादायी समय रहेको छ ।

मिथुन
बोलीको प्रभावले गर्दा आँटेका कामहरु बन्ने छन् । चतुर र आत्माबलले भरिएको दृढ व्यक्तित्व बन्ने छ । पेशागत जीवन स्थिर रहने छ । व्यवसायमा संलग्नहरुलाई पनि पनि फाइदा मिल्ने छ । परिवारमा भने सदस्यहरु बीच द्वन्द देखा पर्ने छ ।

कर्कट
शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । मनोबलको कमि हुने छ । समय संयमित भई धैर्य भएर कदम चाल्नु पर्ने देखिन्छ । पेशागत जीवनमा अवरोधहरु एकपछि अर्काे देखा पर्ने छन् । भाग्यको साथ नरहेका कारण धेरै जोखिम मोल्ने कदम नचाल्नु नै उपयुक्त हुने छ ।

सिंह
धेरै उत्साही र धेरै नैराश्य बनि कदम चाल्ने बेला भन्दा औसत कदम चाल्नु पर्ने आवश्यकता रहने समय रहेको छ । घर घडेरी तथा गाडि बाहन बेच्नु पर्ने वा नोक्सानी हुने समय रहेकाले संयमित रहनु नै बेश हुने छ । पेशागत क्षेत्रमा विभिन्न उचारचढावको सामना गर्नु पर्ने भएकाले धेरै जोखिपूर्ण कदम नचाल्दा बेश हुने छ ।

कन्या
भाग्य बलियो रहेका कारण पेशागत जीवन स्थिर रहने छ भने आम्दानीमा पनि हल्का बृद्धि देखा पर्ने छ । पेशाप्रति समर्पित हुन मन लाग्ने छ । आम्दानी नोक्सानी हुने देखिएकाले वा खर्चहरु बढ्न पुग्ने समय सक्रिय रहेकाले विचार पु¥याउनु होला । मनमा दुविधाका क्रम धेरै देखा पर्दा निर्णय क्षमतामा गिरावट आउने छ । बोली भने प्रभावकारी प्रकारको हुने छ ।

तुला
पेशागत तिब्रताका कारण आम्दानीमा थोरै बृद्धि हुने छ । तर पेशागत जीवनमा भने अस्थिरताका क्रम देखा पर्ने छ, अनुमान नै नगरिएका समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु राम्रो हुनेछ । धेरै जोखिम मोलेर कदमहरु चाल्नु भन्दा प्राप्त अवस्थालाई सन्तुलित बनाई राख्न खोज्नु नै उपयुक्त हुने देखिन्छ । शारीरिक र मानसिक थकानको अनुभुति बढ्न पुग्ने छ ।

वृश्चिक
भाग्यको साथका कारण पेशागत जीवनमा शुभ हुन खोजेता पनि बढि उत्तेजित भई पेशागत जीवनमा गम्भीर खालका निर्णयहरु लिन मिल्ने बेला देखिँदैन् । मनमा निराशाले सताउने छ । स–सानो विषयलाई पनि अत्यन्त संवेदनशिल ढंगले लिन मन लाग्ने हुँदा मनमा निराशा छिट्टो देखा पर्न पुग्ने छ । बोलीको प्रभाव घट्न पुग्ने छ ।

धनु
मनोबलमा कमि आउने छ । शारीरिक रुपमा कमजोरीहरुले सताउने छ । विद्या आर्जनमा अवरोधहरु उत्पन्न हुन पुग्ने छन् । जीवनसाथिको साथ र सल्लाहमा अघि बढेमा केही राहत अवश्य मिल्ने छ । धेरै जोखिमपूर्ण कदमहरु चाल्नु भन्दा भइरहेका काम र वातावरणलाई निरन्तरता दिने प्रयास गर्नु उपयुक्त हुने देखिन्छ । साझेदारीमा गरिएका कामहरुबाट भने शुभ नतिजाहरु प्राप्त हुने छन् ।

मकर
बाहिरबाट हेर्दा आँटिलो खालको व्यक्तित्व बन्ने छ । पेशागत जीवन स्थिर रहने छ । तर मनमा निराशाका मात्रा असाध्यै धेरै बढ्न पुग्ने छ । दुविधाले सताउने छ भने चिसो र पानीबाट पनि बच्ने प्रयास गर्नु होला । यसका साथै रिस नियन्त्रणमा ध्यान नदिए उक्त क्षमता झैझगडामा रुपान्तरित बन्न पुग्ने देखिएकाले संयमित रहनु होला ।

कुम्भ
आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिले पनि धेरै आडभरोसा प्रदान गर्ने छ । विदेश यात्राका ढोकाहरु खुल्न पुग्ने छन् । बौद्धिक व्यक्तित्वमा बृद्धि हुन पुग्ने छ तर प्रतिष्पर्धात्मक क्षमतामा भने गिरावट देखा पर्ने छ । बाहनका विषयमा विभिन्न समस्या तथा बेच्नु पर्ने जस्तो अवस्था आउने छ । पेशागत र व्यावसायिक जीवनमा धेरै जोखिम भन्दा धैर्यतापूर्वक पाइला चाल्नु उपयुक्त हुने छ ।

मीन
बोली प्रभावकारी बन्ने छ, यसले कार्य सम्पन्नतामा ठुलो मद्धत पु¥याउने छ । भाग्यहिनताको आभाष हुने छ । आम्दानीमा केही बृद्धि देखा पर्ने छ । मनमा दुविधाहरु धेरै देखा पर्ने छ, यसले यो गरौँ कि त्यो गरौँ लागि रहने छ । पेशागत क्षेत्रमा गुमाउनु पर्ने अवस्था देखा परेकाले यस विषयमा सतर्क रहनु होला । धेरै जोखिमपूर्ण कदमहरु भन्दा निरन्तरताका कदमहरु चाल्नु उपयुक्त हुने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया