शुक्रबार, चैत १६, २०८०

अन्तर्वार्ता

१३ औँ महाधिवेशनको घाइते हुँ, म स्वत: स्वाभाविक उम्मेदवार हुँ

उमेर एउटै भएकाले पौडेल र देउवा एउटै हो भन्नु चाही न्याय संगत होइन

मेरोन्यूज २०७८ असार २९ गते ९:१०

काठमाडौं । नेपाली कांग्रेसको १४ औं माधिवेशन यही भदौं १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । तर अझै पनि कांग्रेसको क्रियाशील सदस्यता समायोजनको समस्या समाधान भएको छैन् । अर्को कांग्रेसमा पुस्ता हस्तान्तरणको चर्चा पनि सुरु भएको छ । कांग्रेसको १३ औँ महाधिवेशनबाट सभापतिमा नेता रामचन्द्र पौडेललाई परास्त गर्ने शेरबहादुर देउवा १४ औँ महाधिवेशनमा पनि नेतृत्व दावी गदै छन् । तर देउवाका यसअघिका बलियो सारथि रहेका नेताहरु आफैँ यसपटक नेतृत्वको दौडमा छन् । क्रियाशिल सदस्यता नटुग्गिएको, नेतृत्वका लागि आगामी समिकरण कस्तो बन्ला ? भन्ने चित्र समेत आईनसकेको यस्तो अवस्थामा महाधिवेशन हुन्छ त ? अब तपाई कसरी अगाडी बढ्नुहुन्छ ? लगायतका विषयमा केन्द्रित रहेर कांग्रेस बरिष्ठ नेता पौडेलसँग मेरोन्युजकी सञ्जिता खनालले गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेसको १४ औँ महाधिवेशन नजिकै छ तर क्रियाशील सदस्यको समस्या त अझै छ नि ?
नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समस्या करिब–करिब सकिएको छ । जसरी मानिसलाई बाँच्नका लागि अन्नपानीको आवश्यकता पर्छ, त्यसरी नै कांग्रेसको अस्तित्व जोगाउँनका लागि महाधिवेशन त्यतिकै आवश्यक रहेको हुन्छ । कांग्रेसको महाधिवेशन भदौँमा अनिवार्य हुनै पर्छ । जस्तो विपरित अवस्था आएपनि त्यसको समाधान गरेर भएपनि पार्टीको बैधानिकता जोगाउँनु पर्छ । महाधिवेशन सम्पन्न गर्नुपर्छ । यदि त्यो समयमा महाधिवेशन भएन भने कांग्रेसको बैधानिक अस्तित्व नै संकटमा पर्छ ।


तपाई समायोजनको काम करिव सकियो भन्दै हुनुहुन्छ, तर अहिलेको अवस्था हेर्दा समायोजन पनि नटुङ्गिएको र क्रियाशील सदस्यतामा पनि समस्या यथावत नै देखिन्छ । जस्तोकी, बाराका कांग्रेस नेताहरु त अनसन नै बसेको अवस्था छ नि ?
संमायोजनको समस्या करिब करिब टुङगिसकेको अवस्था छ । विजयकुमार गच्छेदारको समुहबाट पार्टीमा प्रवेश गरेका र सुनिल थापाको समुहबाट आएकाहरुको समस्या समाधान भएको छ । अर्को केही –केही जिल्लामा समस्या आएका होलान् । त्यो समस्या पनि टुङ्गिएको छ । पार्टीको विधान विपरित आफुखुसी जे पायो, त्यही व्यक्तिलाई क्रियाशिल सदस्य दिएर पार्टीमा धाधली गर्ने संमायोजन स्वीकार्य हुदैन् ।


पार्टीको सभापतिको नेतृत्वतहको तपाई छलफलमै हुनुहुन्छ, संस्थापन ईतर समुहबाट तपाईको नेतृत्वमा अगाडी बढ्ने गृहकार्य के भईरहेको छ, सम्भावना कतिको छ ?
म सामुहिक नेतृत्वमा विश्वास गर्छु । आफुले बोल्दै हिडेर मै हुँ भनेर हतार गरेको छैन् । तर म १३ औँ महाधिवेशनको घाइते हुँ । म स्वाभाविक रुपमा उमेद्वार स्वत छु । यसमा सबै साथीहरुको सहमति मिलाएर अगाडी बढ्ने हो ।

तर १३ औं महाधिवेशनमा तपाईंका खम्बा बनेर काँध हालेका नेताहरु अहिले आफैँ नेतृत्वका लागि तयारीमा हुनुहुन्छ । तपाईंलाई कमजोर भएजस्तो लाग्दैन् ?
उहाँहरुलाई नेतृत्वको चाहना हुनु स्वाभाविक हो ।अर्को उहाँहरु लामो समयदेखि राजनीतिमा हुनुहन्छ । तर चाहनाले मात्रै भएर हुदैन । उहाँहरुले बुझ्नुपर्छ । चुनावमा हामीले अहिले नेतृत्वको विकल्प दिन सक्नुपर्छ र तयार हुनैपर्छ । मैले हरेक किसिमका विकल्पको कुरा गरिरहेको छु । अहिलेको नेतृत्वलाई विकल्प दिन तयार हुनुप¥यो । मतदाताले अहिलेको नेतृत्व भन्दा के कारणले फरक छ भनेर विकल्प रोज्न पाउनुप¥यो र मतदान गर्न पाउनुप¥यो ।

Advertisement

कांग्रेसमा अव पुस्ता हस्तान्तरण गर्नु पर्ने चर्चा सुरु भएको छ, जसमा तपाईकै गुटका दुई नेता र देउवा गुटका एक नेताबीच पटक पटक लञ्च मिटिङ भएको भयै छ, त्यसलाई चँही कसरी हेर्नुभएको छ ?

नेपाली कांग्रेसमा रुपान्तरणको आवश्यकता छ । पुस्तान्तरणको हैन् । अहिलेको अवस्थामा उमेरको कुरा निकाल्नु जायज लाग्दैन् । पाका र युवानेताहरु मिलेर जानु पर्छ । अहिलेको पार्टीको सभापति हुनुहुन्छ । दलका नेता हुनु हुन्छ ।उहाँ प्रधानमन्त्री हुनुहुन्छ ।उहाँका कतिपय कमजोरीका कारणले गर्दा अहिले असन्तोष बढेको हो । तर यहाँ मानिसहरु के भन्छन् भने उमेर एउटै भएकाले पौडेल र देउवा एउटै हो भन्नु चाही न्याय संगत हो कि हैन् ? अहिले देउवाको जुन प्रकारको प्रयास छ , पुन पार्टी सभापति बनिरहने । म त एउटा योजना , दुष्टिकोण र भविष्यको योजना राखेर नेपाली कांग्रेसलाई यसरी लैजाऔँ । यसको रुपान्तरण यसरी गरौँ भनेर एउटा विचारको साथमाआएको छु । विचारलाई त्यसै लगेर उमेरसँग जोड्दिनुलाई न्यायोचित म चाहिँ ठान्दिन । जनताले कस्तो कांग्रेस खोजेका छन् । त्यस्ता कुरा विचार गरेर हामीले आफ्नो नेतृत्व तय गर्नुपछ ।

तपाईंलाई कांग्रेसको सभापति किन बनाउने ? तपाईंले नेतृत्व गरेको कांग्रेस कस्तो हुन्छ, के छ तयारी ?
यहाँ धेरैले पदको कुरा भन्छन् । मलाई पदको कुनै लोभ छैन । पार्टी सभापति, प्रधानमन्त्री वा पद विशेष भन्दा पनि देशलाई सही दिशा दिन सक्छु भन्ने मलाई लाग्छ । यदि म आए भने कांग्रेसलाई कायापल्ट हुन्छ । नेपाली कांग्रेसले नयाँ जीवन पाउँछ । नेपाली कांग्रेसले नयाँ रक्तसञ्चार गर्छ । नेपाली कांग्रेसमा नयाँ विचार सञ्चारित हुन्छ । एउटा लोकतान्त्रिक संस्कृति निर्माण गर्न चाहन्छु ।

यहाँ बराबरीका बीचमा अघि हुनुपर्छ भन्ने मान्यता मैले राख्छु । कांग्रेसमा कोही विशेष वर्ग छैन । म सामूहिक नेतृत्वमा विश्वास गर्छु । मैले आफ्नो आचरण र व्यवहारले पनि यो कुराको पुष्टि गरेको छु ।

पार्टीमा सभापति शेरबहादुर देउवा र तपाईं बीच कहिलेकाहिँ पार्टी कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुन्छ कि हुँदैन ?
उहाँको बानी कस्तो छ भने, एउटा कुरा फ्याट्ट भनिदियो सकियो । उहाँले अर्को पाटोबाट सोच्नुहुन्न । त्यो क्षमता र सोच पनि मैले पाइन । सहनशीलता पनि उहाँमा देख्दीन।

देउवाले आफू पराजित हुने अवस्था देखियो भने शंशाक कोइरालालाई पार्टी हस्तान्तरण गर्छु भन्नु भयो भन्ने चर्चामा छ नि ?
यो प्रजातन्त्र हो । कसैले कसैलाई हस्तान्तरण गर्ने कुरा प्रजातन्त्रमा हुँदैन ।


तपाईको कृष्णप्रसाद सिटौला र सुजता कोइरालासँग दुई साता अघि छलफल भएको थियो, उक्त छलफलमा के भयो ?
उक्त भेटघाटमा सामान्य छलफल भयो । सुजताजीले उक्त भेटमा सिटौलाजीलाई भन्दिनु भयो – अबको सभापति रामचन्द्र जी नै हुनुपर्छ । उहाँलाई सहयोग गर्नुपर्छ । सोही दिन एक– एक क्रियाशिल समायोजन समितिको बैठक बस्दै थियो । एक कप चियाँ खाएर फर्किए ।

अन्तमा: तपाईंको परिकल्पना के छ ? अबको कांग्रेस कस्तो बन्नुपर्छ ?
नेपाली कांग्रेस पार्टी नै नेपालमा लोकतन्त्रको पहरेदार हो । समाजलाई लोकतान्त्रिकरण गर्नका लागि नेपाली कांग्रेस आफैँमा लोकतान्त्रिक हुनआवश्यक छ । त्यसकारण लोकतन्त्रको पाठशाला पनि नेपाली कांग्रेस बनाउनुपर्छ । कांग्रेसमा अहिलेसम्म देखिएको कमजोरी भनेको सत्ता र शक्तिको पहुँचमा पुग्ने बित्तिकै आफूलाई विशेष ठानिहाल्ने । त्यो प्रवृत्तिलाई अन्त्य गर्न चाहेको हुँ ।


कांग्रेसलाई नवजीवन दिनुपर्ने काम छ । कांग्रेसमा विचारको राजनिति सञ्चार हुन जरुरी रहेको छ । कांग्रसलाई सिंद्धान्तको राजनितिमा सत्ताभन्दा व्यवस्थातिर महत्व दिने राजनितितिर कांग्रेसलाई अगाडी बढाउँनु पर्छ । नेपाली कांग्रेसलाई लोकतन्त्रको पहरेदार रुपमा नेपाली जनता भरोसाको केन्द्रको रुपमा विकास गर्नुपर्छ । समाजलाई लोकतान्त्रिकरण गर्नका लागि नेपाली कांग्रेस आफैँमा लोकतान्त्रिक हुन आवश्यक छ ।


सबै भ्रातृ संस्थाको अधिवेशन हुनुपर्‍यो। यति समयभित्र विभागहरु बन्छन् भनेपछि विधानले भनेका मितिभित्र विभाग र समितिहरु बन्नुपर्‍यो ।अर्को कुरा कांग्रेसलाई विचारशील पार्टी बनाउनु छ ।

प्रतिक्रिया