शुक्रबार, चैत १६, २०८०

सर्वोच्चको आदेशपछि गठबन्धन पक्ष बैठक बस्दै, कोको भए सहभागी

मेरोन्यूज २०७८ असार २८ गते १८:००

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । सत्तारुढ दल नेकपा एमालेका नेता माधव नेपालको निवास कोटेश्वर नजिक बैठक सुरु भएको हो ।

स्रोतका अनुसार नेता नेपाल निवासबाट नजिक रहेको नेपाल वन पैधावार उधोग व्यवसायी महासंघ लेखिएको भवनमा गठबन्धन पक्षको बैठक सुरु भएको छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कृष्ण प्रसाद सिटैला, पूर्ण बहादुर खड्का र बालकृष्ण खाँण उपस्थित रहेका छन् ।

यस्तै, नेकपा एमालेको तर्फबाट वरिष्ठ नेता नेपालसहित रघुजी पन्त रहेका छन् । यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नाराणकाजी श्रेष्ठ, देव गुरूङ, कृष्ण बहादुर महरा र वर्षमान पुन उपस्थित रहेका छन् ।

बैठकमा जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई,
महेन्द्र राय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ उपस्थित भएका छन् भने राष्ट्रिय जनमोर्चाका नेतृ दुर्गा पौडेल पनि सहभागी भएकी छन् ।

सर्वोच्चले संसद पुनःस्थापनासँगै कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई अन्तरिम आदेश दिएको छ । अदालतको आदेशसँगै आगामी रणनीति बनाउन गठबन्धन पक्षको बैठक बसेको हो ।

Advertisement

यसअघि नेताहरूले अदालतको फैसला स्वागत योग्य भएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया