शुक्रबार, वैशाख १४, २०८१

राजनीति अस्थिरताले अर्थतन्त्रमा असर गर्छ : नीजि क्षेत्र

मेरोन्यूज २०७८ असार २८ गते १६:५७

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेको छ । सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो ।

चालु आर्थिक वर्ष २०७७÷०७८ को अन्तिम साता, मौद्रिक नीति आउने दिन नजिकिईरहेको बेलामा चरम राजनीति अस्थिरता देखिँदा त्यसले अर्थतन्त्रमा पनि असर पार्ने उद्योगी व्यवसायीको बुझाई छ ।

आफूहरुले वर्षौदेखि राजनीति स्थिरता चाहेको भएपनि राजनीति दलहरुले कहिल्यै स्थिरता दिन नसकेको उनीहरुको गुनासो छ । यद्यपी, राजनीतिक रुपमा हुने अस्थिरताले नीजि क्षेत्रमा खासै निराशा भने देखिएको छैन ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक मुद्दामा राजनीति असर नपारी आर्थिक क्षेत्रमा सहजकता जुनसुकै सरकारले गर्नुपर्ने बताए ।

जसको सरकार बनेपनि बजेट अक्षरस कार्यान्वयन हुनुपर्नेमा नेपाल उद्योग परिसंघले जोड दिएको छ । परिसंघका अध्यक्ष सतिश कुमार मोरले राजनीति विषयमा खासै जानकार नभएपनि अहिले कोभिडको महामारीको बेला छ, सबैलाई भ्याक्सिन उपलब्ध गराउनुपर्ने प्रमुख दायित्व छोडेर राजनीति दलहरु अन्यत्र नलागे राम्रो हुने धारणा राखे ।

मेरोन्यूजसँग कुरा गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सुरु भएका काम नरोकी लिडरसीप स्थिर नीतिहरु कार्यान्वयन हुने देखिएकाले आफ्नो सेवामा दृत भएर लाग्ने उल्लेख गरे ।

प्रतिक्रिया