बुधबार, वैशाख ५, २०८१

साताको दोस्रो दिन नेप्से राताम्य

मेरोन्यूज २०७८ असार २८ गते १६:३७

काठमाडौं । आज नेप्से परिसूचक कारोबार हुने साताको दोस्रो दिन आज सोमबार राताम्य भएको छ । नेप्से परिसुचक ४५ दशमलब ६ अंकले घटेर २ हजार ८ सय ५४ दशमलब ७७ बिन्दुमा पुगेको छ ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको प्रतिनिधि विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । अदालतले २८ घण्टाभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेसँगै शेयर बजारमा यस्तो असर देखिएको छ ।

साताको पहिलो दिन आइतबार ७३ दशमलब ३३ अंकले बढेको बजार परिसुचक १ दशमलब ५५ प्रतिशतले घटेको स्टक एक्सचेञ्जले जनाएको छ । सोमबारको कारोबारमा १३ कम्पनी उपसुचकमध्ये म्युजल फण्ड बाहेक अरु सबैले घाटा व्यहोरेका छन् ।

सोमबार कूल २ सय २९ कम्पनीको ९२ हजार १ सय ९२ कारोबारबाट ९ अर्ब ९८ करोड २६ हजार ५ सय २७ रुपैयाँ बराबरका २ करोड ६० लाख २१ हजार १ सय ४ कित्ता शेयर किनबेच भए ।

प्रतिक्रिया